काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी निर्देशकमा जया लोहनी नियुक्त भएकी छिन् । उक्त पदमा रहेका यसअघिका सुधीर प्रसाद लोहनीले कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनीको चैत ३० गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरी संस्थाको नायब कार्यकारी निर्देशक पदमा रहेकी जया लोहनी सोही बैठकबाट कामु कार्यकारी निर्देशक तोकिएकोमा कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले कार्यकारी निर्देशको रुपमा कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
1681836231117प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।