Connect IPS
IME Life

ईङवा हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले उक्त आइपीओ बैशाख ४ गते बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीले जारी पूँजी ६० करोडको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं २ र वडा नं ३ का बासिन्दालाई बिक्री गरेको थियो । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १ लाख २० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

Prabhu
Crest

साथै रीतपूर्वक आवेदन प्राप्त नभएका आवेदकको शेयर बापतको रकम वैशाख ६ गते बुधवारदेखि सम्बन्धित आवेदकले उल्लेख गरेको बैंक खातामा रकमान्तर हुने कम्पनीले जनाएको छ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आइपीओ सम्बन्धी नतिजा नेपाल एसबिआई बैंकिङको वेबसाइट, कम्पनीको वेबसाइट र सीडीएस एण्ड क्लियरिङले आइपीओको रिजल्ट हेर्नका लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS