Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १९ लाख १५ हजार कित्ता संस्थापक शेयर आजदेखि सर्वसाधारणमा विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १३० रूपैयाँ तोकेर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी वैशाख १३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्नेछ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ ।

Prabhu
Crest

बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । बोलपत्र आवेदन फारम १०० रूपैयाँ भुक्तानी गरी प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंबाट पाप्त गर्न सकिनेछ ।

तोकिएको अवधिभित्र प्राप्त भएको बोलपत्रहरु बैशाख १४ गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिनेसमेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS