काठमाडौं । फागुन महिनासम्म संचालनमा रहेका १७ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । मुक्तिनाथ विकास बैंकले ८७ करोड ३६ लाख मुनाफा कमाएको छ भने दोश्रोमा गरिमा विकास बैंकले ६६ करोड ३३ लाख मुनाफा कमाएको छ । तेश्रोमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५५ करोड ७१ लाख खुद मुनाफा आर्जन गरेको छ ।
१७ विकास बैंक मध्ये ५ विकास बैंक नोक्सानीमा रहेका छन् भने बाँकी सबै नाफामा रहेका छन् । नोक्सानीमा रहेका विकास बैंकमा सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । सबै भन्दा धेरै नोक्सानी सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ७० लाख रहेको छ ।