काठमाडौं । फागुन महिनासम्म नबिल बैंकले सर्वाधिक नाफा कमाएको छ । फागुन महिनासम्म २१ वाणिज्य बैंकले ४८ अर्ब ८३ करोड खुद नाफा कमाउँदा नबिल बैंकले सर्वाधिक ५ अर्ब ३२ करोड नाफा कमाएको छ । दोश्रोमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड नाफा कमाएको छ । तेश्रोमा एनआईसी एशिया बैंकले ४ अर्ब ५ करोड खुद नाफा कमाएको छ ।
भर्खर मर्जरबाट आएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३ अर्ब ४९ करोड नाफा कमाउँदा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड खुद नाफा कमाएको छ । सबै भन्दा कम नाफा कृषि विकास बैंकले ४१ करोड कमाएको छ । कृषि विकास बैंक बाहेक सबै बैंकको नाफा १ अर्ब माथि रहेको छ ।