Connect IPS
IME Life

फेडेरल रिइन्स्योरेन्स र बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युटबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबीच सम्झौता भएको छ । जस अनुसार बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम , सेमिनार , सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन रणनीतिक बिकास गर्नका लागि १३ अप्रिल २०२३ मा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट कम्पनी सचिव अल्पना शर्मा र रिर्सच एनालिष्ट सौरभ बराल तथा बैंकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको तर्फबाट प्रबन्धक निसु भगत र प्रशासन तथा वित्त अधिकृत मतिराम पौडेलबीच हस्ताक्षर भएको हो ।

Prabhu
Crest

यस अन्तर्गत, बीमा व्यवसाय संग सम्वन्धित आवश्यक क्षमता विकासको विभिन्न कार्यहरु गर्नको लागि दुवै संस्थाहरु मिलेर काम गर्न सहमत भएका छन् । दुवै संस्थाहरुले संयुक्त सभा सम्मेलन, सेमिनार तथा प्रशिक्षण कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्ने साथै, यस सम्झौता पश्चातः संयुक्त अध्ययन र अनुसन्धान र परामर्श सेवाहरु संचालन गर्न सहयोग गर्नेछन र विभिन्न प्रदर्शनी, व्यापार मेला, गोष्ठी, सम्मेलन, वा बीमा सम्बन्धी कार्यक्रमहरु संयुक्त रुपमा आयोजन गर्न दुवै संस्थाहरु सहमत भएका छन् ।

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड २०२२ मा पब्लिक लिमिटेडको रुपमा स्थापित भई नेपालमा पुनर्बीमा दलाली सम्बन्धी सेवा तथा प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ गरिसकेको छ भने अर्कोतर्फ, बंैकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल बैंकिड्ढ, बीमा तथा पुँजी बजार क्षेत्रमा कर्मचारीहरुको ज्ञान, शीप तथा क्षमता अभिवृद्धि गर्न तालिम, कार्यशाला र सेमिनारहरु प्रदान गर्न २०१८ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित भई वित्तिय क्षेत्रलाई बलियो बनाउन अनुसन्धान र परामर्श पनि संचालन गरी नेपालमा वित्तिय प्रणालीलाई बलियो बनाउन मदत गरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS