Connect IPS
IME Life

भूगोल इनर्जीको आइपीओ बाँडफाँड, १ लाख ३४ हजार ९६ जनाले पाए १० कित्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वसाधारणलाई निष्काशिन आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो शेयर बाँडफाँड गरेको हो ।

आइपीओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो । जसमध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । जसमध्ये पनि योग्य आवेदकको संख्या ११ लाख ४९ हजार १ सय ५१ रहेको क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट १ लाख ३४ हजार ६ सय ९९ जनाले शेयर पाएका छन् । यीमध्ये १ लाख ३४ हजार ९६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने ३ जनाले ११ कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म आइपीओ बिक्री गरेको थियो । आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS