Connect IPS
IME Life

एनएमबि बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक लिमिटेडले निष्काशन तथा विक्री गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले चैत २१ गतेदेखि २४ गतेसम्म १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ नामको ऋणपत्र विक्री गरेको थियो । सोही ऋणपत्र बाँडफाँड गरेको हो ।

उक्त ऋणपत्र कम्पनीले गत चैत ३० गते बाँडफाँड गरेको हो । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।

Prabhu
Crest

सर्वसाधारणका लागि छुट्याएको ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँड गरेको थियो ।

सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बाँडफाँड गरिएको जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

निश्चित व्याजदर र अवधि तोकेर जारी गरिएको यस ऋणपत्र खरीदकर्ताहरूका लागि तोकिएको ब्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS