काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप संकलन ४८ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकने सार्वजनिक गरेको तथ्यांक अनुसार चैत्र २८ गतेसम्म ४८ खर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन आर्थात् चैत्र २७ गते वाणिज्य बैंकमा ४७ खर्ब ९५ अर्ब निक्षेप थियो । एकै दिनको अवधिमा वाणिज्य बैंकमा ५ अर्बले निक्षेप वृद्धि भएको छ भने समस्त प्रणालीमा एक दिनको अवधिमा ४ अर्बले निक्षेप वृद्धि भएको छ ।
त्यस्तै चैत्र २८ गते कर्जा प्रवाह पनि वृद्धि भएको छ। एक दिनमा वाणिज्य बैंकले प्रवाह गरेको कर्जा २ अर्बले र विकास बैंक र फाइनान्सले १ अर्बले थप कर्जा विस्तार गर्दा समस्त प्रणालीमा ३ अर्बले कर्जा प्रवाह वृद्धि भएको छ ।
सिडी रेसियो ८५ दशमलव ४५ प्रतिशत र अन्तर बैंक व्याज दर ७ प्रतिशत छ ।