Connect IPS
IME Life

एनआईसी एशिया क्यापिटलको ‘स्टार्टअप लन्चप्याड’ सेवा सुचारु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया क्यापिटलले नेशनल प्लानिङ कमिसनले सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेसँगै नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्कको कर्पाेरेट एडभाइजरसेवा अन्तर्गत स्टार्टअप लन्चप्याड नामक नयाँ सेवा संचालनमा ल्याएको थियो । उक्त समयमा यस क्यापिटलले २० भन्दा बढी स्टार्टअप कम्पनीहरुलाई सफलता पूर्वक उक्त सेवा प्रदान गर्दै आएको छ ।

२०७९ चैत्र १६ गते उद्योग विभागले स्टार्टअप उद्यमीहरुलाई लक्षित गर्दै नेपाल सरकारद्वारा जारी “स्टार्टअप उद्मम कर्जा कोष कार्यविधि, २०७९” अनुरुप सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको छ । यसका लागि एनआईसी एशिया क्यापिटलले सोहि स्टार्टअप लन्चप्याड सेवालाई पुनः सुचारु गरेको छ ।

Prabhu
Crest

नवीनतम ज्ञान, सोच, सीप, र क्षमता भएको उद्ममीहरुलाई स्टार्टअप उद्मममा संलग्न हुन उत्प्रेरित गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्न नेपाल सरकारले “स्टार्टअप उद्मम कर्जा कोष कार्यविधि, २०७९” बनाएको हो । सो कार्यविधि अनुरुप कर्जा सुविधा लिन इच्छुक सबै स्टार्टअप उद्ममीहरुलाई यस एनआईसी एशिया क्यापिटलले स्टार्टअप लन्चप्याड सेवा अन्र्तगत उद्ममीले पेश गर्नु पर्ने परियोजनाको प्रस्ताव तयार गर्ने, उद्ममीको पक्षबाट पूरा गर्नुपर्ने कागजातहरुमा सहयोग गर्ने, तथा अन्य आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने छ । स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुसार कृषि तथा पशुपन्छीमा आधारित, वन (जडीबुटी, वन पैदावार) मा आधारित, पर्यटन प्रवद्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा सम्बन्धित, मानव स्वास्थ सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवाहन सेवासँग सम्बन्धित, पुर्वाधार निर्माण कार्यसँग सम्बन्धित, अटोमोवाइलसँग सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रकृयामा सुधारसँग सम्बन्धित, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने, खाद्म उत्पादन तथा प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सम्बन्धित कार्यहरुमा संम्लग्न स्टार्टअपहरु उक्त कर्जा सुविधाको लागी योग्य हुनेछन् ।

माथी उल्लेखित इच्छुक स्टार्टअपहरुलाई उक्त कर्जा सुविधा सम्बन्धी परामर्श सेवा एनआईसी एशिया क्यापिटल मार्फत प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS