काठमाडौं । सानिमा बैंक लिमिटेडले ११ लाख ८७ हजार १७३ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।
बैंकले प्रति कित्ता न्यूनतम १५० रुपैयाँ कायम गरेको छ । आवेदन पेश गर्दा आवेदकले आवश्यक कागजातसहित न्युनतम १ लाख कित्ताको लागि आवेदन गर्नुपर्नेछ । तोकिएको उक्त म्यादभित्र विद्यमान संस्थापक शेयरधनीहरुको निवेदन प्राप्त हुन नआएमा प्रचलित नियमअनुसार संस्थापक भन्दा बाहिरका अन्य व्यक्ति वा संस्थालाई बिक्रि गर्ने बैंकले जनाएको छ ।