Connect IPS
IME Life

चालु आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई उपलब्ध गराएका यस्ता छन् सेवाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न सेवाहरु उपलब्ध गराएको छ । कोषले विभिन्न ५ शिर्षकमा सस्तो व्याजदर सहित ऋण प्रदान गरेको हो । कोषले २०७८ साउन १ गतेदेखि सञ्चय कोष र निवृत्तभरण कोष रकममा ६.५० प्रतिशत व्याजदर प्रदान गरेको छ । साथै आ.व.२०७७/०७८ मा आ.व.२०७/७७ को खुद मूनाफाबाट आ.व.२०७६/७७ को शुरु सञ्चय कोष मौज्दातमा १ प्रतिशत मुनाफा प्रदान गरिएको छ ।

कोषले सापट सुविधा अन्तर्गत ५ शिर्षकमा ऋण प्रदान गरेको छ । जसअन्तर्गत, कोषकट्टी खातामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ७.६० प्रतिशत व्याजदरमा विशेष सापटी प्रदान गरिएको छ । घर निर्माण गर्न वा घर खरिद गर्न घर जग्गाको धितोमा अधिकतम १५ वर्षको तलब वा बढीमा १ करोडसम्म ७.९० प्रतिशत व्याजदरमा घर कर्जा प्रदान गरिएको छ । घर जग्गाको धितोमा सञ्चयकर्ता वा निजको श्रीमान्श्री/मती/छोरा/छोरीको उच्च शिक्षामा अध्ययन गर्न स्वदेशका लागि अधिकतम १० लाख, विदेशका लागि अधिकतम २० लाखसम्म र एमबीबीएस/एमडीको लागि २५ लाखसम्म ७.९० प्रतिशत व्याजदरमा शैक्षिक कर्जा प्रदान गरिएको छ । घर मर्मतका लागि २५ लाखसम्म ७.९० प्रतिशतमा र जग्गा खरिद सापटीका लागि १० वर्षको तलब अथवा ५० लाखसम्म ७.९० प्रतिशत व्याजदरमा सापटी प्रदान गरिएको छ ।

Prabhu
Crest

सामाजिक सुरक्षा सुविधाहरुमा कोषले दुर्घटना क्षतिपूर्ति अन्तर्गत सेवाकालमा सञ्चयकर्ताको दुर्घटनामा परी मृत्यु भएमा वा पूर्ण अंगभंग भएको अवस्थामा २ लाख रुपैयाँ प्रदान गरिएको छ । काजकिरिया अनुदान योजनामा सेवाकालमा सञ्चयकर्ताको मृत्यु भएमा ४० हजार, सञ्चयकर्ताको स्वास्थ्योपचारमा अस्पताल भर्ना भई उपचार गरेको साधारण रोगमा १ लाख र घातक रोगमा १० लाखसम्म औषधोपचार खर्चको शोधभर्ना कोषबाट प्रदान गरिएको छ । साथै, सुत्केरी तथा शिशु स्याहार सुविधामा ७ हजार ५ सयका दरले बढीमा दुई पटक गरी १५ हजार रुपैयाँ सेवा उपलब्ध गराएको कोषले जनाएको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%

खुसी

5%

दु :खी

13%

अचम्मित

6%

उत्साहित

3%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS