काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २ लाख ३० हजार ८२ कित्ता र ङादी ग्रुप पावरको ८ लाख ३९ हजार ४८२ दशमलव २२५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
ङादी ग्रुप पावरको फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ४० प्रतिशत बोनश शेयर सूभिकृत भएको हो ।
अब यस बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।