Connect IPS
IME Life

सानिमा मिडिलको आइपीओ नेप्सेमा सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल टिएएमओआर रहेको छ ।

अब कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात सोमवार देखि कारोबारमा आउनेछन् । कम्पनीले सूचिकरण पछि दिने आरटिएस सेवा सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हुने जनाएको छ ।

Prabhu
Crest

नप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९८ रुपैयाँ ४३ पैसा देखि अधिकतम २९५ रुपैयाँ २९ पैसासम्मको मूल्य रेञ्ज कायम गरेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ ।

कम्पनीले स्थानिय बासिन्दका लागि निष्काशन गरेको ३३ लाख ३२ हजार ५ सय कित्ता, कम्पनीका कर्मचारीहरुको लागि वितरण गरेको १६ लाख ६६ हजार २५० कित्ता,सर्वसाधारणको लागि निष्काशन गरेको ४९ लाख ९८ हजार ७५० कित्ता र संस्थापकहरुले लगानी गरेको २ करोड ३३ लाख २७ हजार ५ सय कित्ता गरी कुल ३ करोड ३३ लाख २५ हजार कित्ता साधारण शेयर सूचिकृत गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS