Connect IPS
IME Life

मर्जरको विशेष प्रस्ताव पारित गर्न दुई लघुवित्तले डाके विशेष साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तले मर्जरको विशेष प्रस्ताव पारित गर्न वैशाख १० गते विशेष साधारण सभा गर्न लागेका छन् । यी दुई कम्पनी समान हैसियत अर्थात् १ः१ को स्वापमा मर्ज हुन लागेका हुन्। मर्जरपछि बन्ने कम्पनीको नाम नेरुडे मिर्मिरे लघुवित्त हुने छ । कम्पनीको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकमा रहने छ। कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडौं उपत्यका बाहिर हुने जनाएको छ ।

दुवै कम्पनीको विशेष साधारण सभामा मर्जर सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने , मर्जर पछि बन्ने कम्पनीको नाम र कार्यालय पारित गर्ने, डिडिए रिपोर्टका आधारमा तय गरिएको १ः१ को स्वाप पारित गर्ने जनाएको छ । सभाले मर्जरको लागि हालसम्म भएका कार्य अनुमोदन गर्ने, मर्जर सम्बन्धि अन्य बाँकि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले मर्जरपछि एफपिओ निष्काशन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि दुवै लघुवित्तले वैशाख ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । चैत्र ३० गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS