काठमाडौं । सामुदायिक लघुवित्तले प्रस्तावित लाभांश घटेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले लाभांशदर घटाएको हो । अब कम्पनीले १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट हालको चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र ११ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल २१ दशमलव ०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकको निर्देशनपछि अब १० प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको उक्त संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।