Connect IPS
IME Life

कृषि विकास बैंकद्धारा जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थका लागि आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थका लागि आर्थिक सहयोग गरेको छ । काठमाडौं कीर्तिपुर स्थित गुतपौ टोलमा जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ कीर्तिपुर कम्यूनिटी होमस्टेका अध्यक्ष प्रदिप महर्जनलाई बैंकका प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदीले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेको जनाएको छ। रकम हस्तान्तरण कार्यक्रमका कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले उक्त जह्रुँगाः र हाथु भैरब सँगै नेवा परम्परागत शैलीमा अन्तीबाट अय्ला राख्दै गरेको नेवा मैंचाको मूर्ती स्थापनार्थ कृषि विकास बैंकको सहयोग सराहनीय रहेको बताईन् ।

Prabhu
Crest

उपप्रमुख शुभलक्ष्मी शाक्य तथा विशिष्ट अतिथि कृषि विकास बैंकका प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदीले भैरब, जह्रुँगाः हिति र नेवा मैचाको पनि अनावरण तथा उद्घाटन गरेका छन्। यस सँगै भैरव र जह्रुँगाः को स्थापनाले करिव ४० वर्ष देखि वन्द रहेका हाथु हाय्केगु (भैरबको मुखबाट जाँडको धारा बगाउने) प्रचलन पुनः सुरु हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS