Connect IPS
IME Life

बीमाले मिटर ब्याजीलाई निरुत्साहित गर्छः अध्यक्ष सिलवाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाले मिटर ब्याजीलाई निरुत्साहित गर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरु आज भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्तिको रकम बीमा कम्पनीबाट पाउँछन्, मिटरब्याजीकोमा जानु पर्दैन । त्यसकारण बीमाले मिटर ब्याजीलाई निरुत्साहित गर्ने बताएका हुन् ।

अध्यक्ष सिलवालले भने, “मधेश प्रदेशमा बीमाको पहुँच ८ प्रतिशत मात्र छ । मधेशमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरु नयाँ ढङ्गले अगाडि बढ्नुप¥यो । योग्य र दक्ष बीमा अभिकर्ताका माध्यमबाट बीमा व्यवसाय गर्नाले बीमाको पहुँच बढ्छ, त्यसतर्फ ध्यान दिनुप¥यो ।
उनले कारोवार कम भए पनि बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले बीमालेख नवीकरणमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।

Prabhu
Crest

अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख र शाखा प्रमुखहरुले नयाँ बीमालेख र बीमाशुल्कमा मात्र ध्यान दिनु भएन, बीमालेख नवीकरणमा पनि ध्यान दिनुप-यो । ल्याप्स र सरेण्डरको अवस्था आउन नदिने गरी काम गर्नुप-यो ।” अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका समस्याहरुको समाधानका लागि विकल्प सहित आउन आग्रह गर्नुहुँदै सोही अनुरुप समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउन र अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए ।

त्यसैगरी, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), बीरगञ्जका पदाधिकारीहरुसँग भएको छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले वित्तीय जोखिमाङ्कनमा सुधार गर्न र व्यवसायिक दक्षताका साथ काम गर्न निर्देशन दिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले स्वागत मन्तव्य व्यक्त गरेका थिऐ भने कार्यक्रम संचालन प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गरेकी थिइन् ।

कार्यक्रममा बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयहरुका प्रमुख र कर्मचारीहरु, निप्स, बीरगञ्जका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS