काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले अब शतप्रतिशत मात्रै हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको थियो । कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । तर, नियामक निकाय विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ । विद्युत् नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट समेत स्वीकृति पाएपछि हकप्रद निष्काशन गर्नेछ ।