Connect IPS
IME Life

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको यो वर्षको आर्थिक वृद्धिदर अनुमान गत वर्षभन्दा संकुचित हुने बताएको छ । बैंकले सन् २०२३ मा ४.१ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) को पछिल्लो संस्करणमा चालू वर्ष ४.१ प्रतिशत र आगामी वर्ष ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको हो । कडा मौद्रिक नीति, सुस्त घरेलु माग, कोभिड राहत फिर्ता र प्रतिकूल विश्व परिदृश्यका कारण नेपालको कुल गार्हस्थ्य उत्पादन सुस्त हुने एडीबीले जनाएको छ ।

Prabhu
Crest

विश्व अर्थतन्त्रको समस्याले नेपालको पर्यटन र रेमिट्यान्स आप्रवाहलाई धक्का दिने जोखिम देखिएको एडीबीका नेपालका लागि देशीय निर्देशक आर्नाउड कुस्वाले बताए । उनका अनुसार लगानी योजना र वित्तीय व्यवस्थापन तथा परियोजना तयारीका लागि हुने बजेट खर्चले अर्को वर्ष भने आर्थिक वृद्धिमा सुधार आउने छ ।

त्यस्तै कृषि क्षेत्रको वृद्धिदर यो वर्ष २.० प्रतिशत हुने एडीबीको अनुमान छ । अघिल्लो वर्ष २।३ प्रतिशतबाट यो घटाइएको हो । यस बाहेक सेवा क्षेत्रको वृद्धिदर पनि गत वर्षको ५.९ प्रतिशतबाट घटेर ४.४ प्रतिशशतमा रहने एडीबीले जनाएको छ । यो वर्ष नेपालको महंगी गत वर्षको ६.३ प्रतिशतबाट बढेर ७.४ प्रतिशत पुग्ने र चालू खाता घाटा जीडीपीको ४ प्रतिशतमा समेटिने एडीबीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS