Connect IPS
IME Life

डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमको सोमबार बसेको संचालक समितिको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँले घटाउने निर्णय गरेको निगमले जनाएको छ ।

निगमको निर्णय अनुसार पेट्रोलको मूल्य भने प्रति लिटर ३ रुपैयाँले घटेको छ । खाना पकाउने एल्पी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ । मूल्य समायोजन भएसँगै डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १६५ रुपैयाँ कायम भएको छ भने पेट्रोलको मूल्य १७५ रुपैयाँ कायम भएको छ । साथै हवाई इन्धनको मूल्य भने आन्तरिक तर्फ १६० रुपैयाँ र बाह्यतर्फ १.३५० डलर कायम भएको छ । खाना पकाउने एल्पी ग्याँसको मूल्य भने १८ सय रुपैयाँमै यथावत रहेको छ ।

Prabhu
Crest

No description available.

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS