काठमाडौं । सिन्दूरपनि नेपालले विदेशबाट आयात गर्न बाध्य छ त्यो पनि लाखौ रकमको । नेपालमा लाखौ रुपैयाँ बराबरको सिन्दूर आयात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (७९/८०)को ८ महिनाको तथ्यांक अनुसार सो अवधिमा ५६ लाख ९८ हजार बराबरको सिन्दूर आयात भएको छ । ४४ हजार ८९३ केजी सिन्दूर सो अवधिमा नेपाल आएको हो ।
नेपालमा दुई देशबाट सिन्दूर आएको छ। भारतबाट ५६ लाख ९७ हजारको सिन्दूर आउँदा इण्डोनेसियाबाट १ हजार रुपैयाँ बराबरको मात्र सिन्दूर नेपाल आएको छ ।