Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले दुई लघुवित्तको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनएमबि लघुवित्त वित्तीय संस्था र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको हो । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १७ गते बुक क्लोज गर्ने भएका छन् । त्यसकारण आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा चैत ३० गते बिहिबार बिहान १०.३० बजे, वित्तीय संस्थाको केन्द्रिय कार्यालय, कटहरी – २, मोरङ्गमा गर्ने जनाएको छ । यस वित्तीय संस्थाको सञ्चालक समितिको ७४ औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाको मिति तय भएको हो ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ,लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

सभाले सञ्चालक समितिले सिफारिश गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ०.७१४२ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनकालागि) र १४.२८५ प्रतिशत बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव स्विकृत गर्नेेछ ।

एनएमबि लघुवित्तले बैशाख १५ गते १०औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा पोखरामा आयोजना गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS