काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा कालिका लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीले बुक क्लोज गर्नेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले कालिका लघुवित्तको १९ प्रतिशत र विजय लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । समायोजनपछि विजय लघुवित्तको शेयर मूल्य ६५८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने कालिका लघुवित्तको ६५९ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्य कालिका लघुवित्तको ७८५ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो भने विजय लघुवित्तको ७९० रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो । भोलि यही मुल्यमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।