Connect IPS
IME Life

भूगोल इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आयपीओ विक्री गरी बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५४ करोड ४० लाख ५३ हजारको १० प्रतिशतले हुने ५४ लाख ४० हजार ५३ कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयमा फागुन ८ गतेदेखि चैत ७ गतेसम्म विक्री गरेको थियो ।

आयोजना प्रभावितका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये आयोजना अतिप्रभावित क्षेत्र नौमुले द्वारी–३ दैलेखमा स्थायी बसोबास गर्नेहरूका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला नौमुले द्वारी–३ बाहेकका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर चैत १२ गते बाँडफाँड गरेको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले रितपूर्वक प्राप्त नभएका आवेदकहरूको शेयर वापतको रकम चैत १४ गतेदेखि सम्बन्धित आवेदकहरूले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गर्ने जनाएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आइपीओ बाँडफाँड गरिसकेको छ । फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आइपीओ विक्री गरेको कम्पनीले चैत ६ गते बाँडफाँड गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा भने जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० को २० प्रतिशत दरको १० लाख ८८ हजार १०७ कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँड गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS