Connect IPS
IME Life

राउण्ड टेबल नेपालको आयोजनमा ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राउण्ड टेबल नेपालको आयोजनमा ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल ईशानी श्रेष्ठको प्रमुख आतित्थ्यमा शनिवार ग्यालेक्सी पव्लिक स्कुल ज्ञानेश्वरमा आयोजित ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको हो ।

राउण्ड टेबल नेपाल अन्तर्गतका सदस्यहरु काठमाडौं एस राउण्ड टेबल नेपाल २१, काठमाडौं रोयल्स राउण्ड टेबल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा जना कोइराला र प्रज्ञा सापकोटाको जोडी प्रथम भएका छन् ।

Prabhu
Crest

प्रथम भएका दुवै जनाले सगुन ज्वेलर्सका तर्फबाट पचास हजार वरावरको ज्वेलरी प्राप्त गरेको छन् । यसै गरी मुस्कान अग्रवाल र तानिषा अग्रवालको जोडी दोश्रो भएका छन्। उनीहरुले रिभरसाइड स्प्रिङ्ग रिसोर्टको तर्फबाट ३ दिन २ रातको स्टे प्याकेज प्राप्त गरेका छन् ।

त्यस्तै, दीपा थापा र काजल श्रेष्ठको जोडीले भने तेश्रो स्थानमा चित्त बुझाएका छन्। उनीहरुको जोडीलेजेम फ्लोरिङ्गका तर्फबाट टर्किस रग प्राप्त गरेका छन् । विजेताहरुलाई काठमाडौं एस राउण्ड टेबल नेपाल २१ का अध्यक्ष निश्चल रुगँटा, काठमाडौं रोयल्स राउण्ड टेबल २३ का अध्यक्ष हिमाशुं गोल्छा र काठमाडौं रोयल्स लेडिज सर्कल ७ का अध्यक्ष शिवानी अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा ७० वटा स्कूटीमा १४० जना सहभागी रहेको थिए । स्कूटी चलाउने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागी भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको संयोजक सिद्धार्थ जाजोदियाले जानकारी गराए ।

एक स्कूटीमा २ महिला सवार भएका थिए । काठमाडौंका छुट्टा–छुट्टै स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषण गरिएको हो । महिला अत्माबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइएको संयोजले वताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS