काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १५ प्रतिशत बोनश शेयरको समायोजन गरेको हो । कम्पनीको मुल्य समायोजनपछि शेयर मूल्य ९४७ रुपैयाँ ८३ पैसा कायम भएको छ । आज कारोबारको अन्तिम मूल्य प्रतिकित्ता १ हजार ९० रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।