काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव १५ अंकले घटेर १,९१५ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज २८ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने १७९ कम्पनकिो मुल्य घटेको छ ।
आज २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४१ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको ८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।