Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले जनउत्थान सामुदायिक लघुवित्तको लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत्र १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । लघुवित्तले चैत्र २६ गते साधारण सभा गर्ने जनाएको छ । कम्पनीले बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित होटेल न्यु इरामा साधारण सभा सभा आयोजना गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक बर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७९ अषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८ /०७९ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान वाँडफाँड हिसाव, इक्वीटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितको लेखा परिक्षण प्रतिवेदन तथा सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस संस्थाको आर्थिक बर्ष २०७९ /८० को लेखापरीक्षण कार्यका लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक समेत निर्धारण गर्ने छ ।

सभाले संस्थाको अधिकृत पूँजी बृद्धि गरी ५० करोड पुऱ्याउने, बोनश शेयर जारी गरे पश्चात वित्तीय संस्थाको वर्तमान जारी तथा चुक्ता पूँजीमा बृद्धि हुने भएकाले सोही बमोजिम जारी तथा चुक्ता पूँजीमा बृद्धि गरि वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्न स्वीकृती प्रदान गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन (थप घट) गरी पारित गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधनमा नियमनकारी निकायहरुबाट थपघट, परिवर्तन वा फेरवदल गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम थपघट, परिवर्तन वा फेरवदल गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थाले एक वा एक भन्दा बढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ती समाहित गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुको पहिचान गर्ने सहमतिपत्रमा हस्ताक्षर गर्ने र सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ती तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता मूल्याङ्कनकर्ता नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र अन्य लघुवित्त वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खरीद तथा प्राप्ती गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ,संस्थाको कार्यक्षेत्र १९ जिल्लावाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS