काठमाडौं। स्वास्थ्यका लागि निकै लाभदायक मानिने काजुको आयातमा करोडौ रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालले साउन देखि फागुन महिनासम्मको अवधिमा ४३ करोड भन्दा माथिको काजु आयत गरेको छ । ६ लाख ५५ हजार केजी काजु नेपालले आयात गर्दा ४३ करोड ५४ लाख बाहिरिएको छ । दुईवटा HSCODE मा काजु नेपाल आएको छ । 08013100 र 08013200 कोड अन्तर्गत काजुको आयात भएको छ ।
नेपालमा मोजाम्बिक, भारत, भियतनाम, चीन, कतार, नाईजेरिया र युनाईटेड अरब इमिरेट्सबाट काजु आयात भएको तथ्यांकले देखाएको छ ।