IME Life
GBIME

अशोक लेल्याण्डको सवारी खरिदमा नबिल बैंकले ७०% कर्जा उपलब्ध गराउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् । ग्राहकले सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन ।

Crest

अशोक लेल्याण्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ । नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने जनाएको छ ।

कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्सको बजारमा बलियो उपस्थिति छ । यसले देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ । विगत दुई वर्ष यता कम्पनीले बजार विस्तार गरिरहेको छ र बजार हिस्सा समेत वृद्धि गर्दै गएको छ । हाल अशोक लेल्यान्ड नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ ।

कम्पनीले हालै लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ । यो वारेन्टीले ग्राहकलाई स्वामित्वको बलियो अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS