काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा कालिञ्चोक दर्शन लिमिटेडको कुल ६० लाख कित्ता साधारण शेयर सूचिकृत भएको छ । कालिञ्चोक दर्शनलाई पहिलो कारोबारको लागि नेप्सेले ७८ रुपैयाँ १५ पैसादेखि २३४ रुपैयाँ ४५ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । यहि ओपन रेञ्जको आधारमा भोलि देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दका लागि वितरण गरेको १ लाख २० हजार कित्ता,सर्वसाधारणको लागि वितरण गरेको १० लाख ८० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४८ लाख कित्ता गरी कुल ६० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल केडिएल रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्सालबाट हुने जनाएको छ ।