काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडमा नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको फागुन २८ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट ७ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको साधारण सभाबाट निर्वाचित भएका संचालकहरुको चैत ६ गते बसेको संचालक समितिको बैठकबाट संचालक समितिको अध्यक्षमा डा.भुषण गुरागाई रहेका छन् ।अन्य संचालकहरुमा डा. अभिनव दाहाल, रमेश अधिकारी, सौरभ गुरागाई, सुदिप बासकोटा, पुनम कार्की र स्वतन्त्र संचालकमा सम्झना तजले रहेका छन् ।
1679458923910