काठमाडौं । कामना सेवा विकास बैंकले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले शेयरधनी सुनिता कुमारी गैरेको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री गर्न लागेको हो ।
यस शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।