काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा १ सय रुपैयाँ अंकित दरमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले फागुन २९ गते बार्डमा निवेदन दिएको हो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।