Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकले गर्यो सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखा कार्यालयहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रमहरु गरेका छन् ।

बैंकको पिपल्ला शाखाद्वारा दिपायल सिलगढी नगरपालिका वडा नं ३ मा अवस्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्याङकी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । विद्यार्थीहरुलाई शुद्घ पिउने पानीको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो ।

Prabhu
Crest

त्यसैगरी बैंकको मैतिदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । बैंकले मन्दिर वरपरको बाटो अस्तव्यस्त हुनेगरि सवारी साधन पार्किङ्ग गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाईडर प्रदान गरेको हो ।

उल्लेखित कार्यक्रम सँगसगै बैकको पुतलिसडक शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं २८ मा अवस्थित झिगु इच्छुमती पार्कका लागि छ थान कुर्सी हस्तान्तरण गरिएको छ । इच्छुमती खोला किनार स्थित उक्त पार्कमा दैनिक आवतजावत गर्ने बटुवाहरुलाई विश्राम गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले झिगु इच्छुमती खललाई उक्त सहयोग प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS