Connect IPS
IME Life

नेप्सेमा तीन लघुवित्तको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा तीन लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आरएमडीसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले आरएमडीसीको २६ प्रतिशत, समता घरेलुको १५ प्रतिशत र मनकामना स्मार्टको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

Prabhu
Crest

समायोजपश्चात आरएमडीसी लघुवित्तको शेयरमूल्य ७३८ रुपैयाँ २५ पैसा कायम भएको छ । समता घरेलु लघुवित्तको ६३९ रुपैयाँ ५७ पैसा र मनकामना स्मार्ट लघुवित्तको ७२५ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरुको शेयर मूल्य समायोजन गरेको हो । मंगलवार दोस्रो बजारमा आरएमडीसी लघुवित्तको शेयर प्रतिकित्ता ९३० रुपैयाँ २०, समता घरेलुको ७३५ रुपैयाँ ५० पैसा र मनकामना स्मार्टको ७६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS