काठमाडौं । आरएमडिसी लघुवित्त, समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत्र १ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
आरएमडिसी लघुवित्तले चैत्र १० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले २६ प्रतिशत बोनश शेयर र १ दशमलव ३६८४ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, समता घरेलु लघुवित्तले चैत्र ११ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले १५ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।