काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्ववित्तीय सप्ताह मनाउने भएको छ । संस्थामा गठित विश्ववित्तीय सप्ताह समितिले यहि चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनि वीक २०२३ कार्यक्रम मनाउने निर्णय गरेको हो ।
वित्तीय संस्थाले लघुवित्त कार्यक्रममा आबद्ध ग्राहकका छोराछोरी, किशोर किशोरी तथा युवा।युवती, स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्वको बारेमा जागरण ल्याउने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागेको संस्थाले जनाएको छ ।
वित्तीय ज्ञान, सीप, मनोवृत्ति र ब्यवहारमा परिर्वत ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य लक्ष्य रहेको लघुवित्तले जनाएको छ ।