Connect IPS
IME Life

प्रभु बैंकले वितरण गर्यो लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडले ८ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको पुस १४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित उक्त लाभा.श वितरण गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर र बैंक खातामा नगद लाभांश जम्मा भएको हो ।

Prabhu
Crest

बोनश शेयर धितोपत्र दोस्रो बजारमा समेत सूचिकृत भइसकेकाले हितग्राही खातामा जम्मा भइसकेका शेयरधनीहरूले उक्त शेयर कारोबार गर्न सक्नेछन् । मंसिर २९ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा जम्मा भएको बोनश शेयर कर्जा प्रदायक बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का राखिएको बैंकले जनाएको छ ।

यदि कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस शेयर फुकुवा गर्न पनि कम्पनीले भनेको छ । हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूको हकमा हितग्राही खाता खोलेपछि मात्र बोनश शेयर जम्मा हुने जनाएको छ ।

नगद लाभांशको हकमा पनि बैंक खातामा नै जम्मा गरिने भएकाले हितग्राही खातामा हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन पनि कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS