Connect IPS
IME Life

कुमारी बैंकको संस्थापक शेयरमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडको २ लाख ९६ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने समय लम्बिएको छ । बैंकले उक्त शेयर फागुन १६ गतेदेखि विक्रीमा ल्याएको हो ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । यसअघि फागुन ३० गतेसम्मको विक्री अवधि गरिएकोमा अब चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

उक्त शेयरको प्रतिकित्ता मुल्य २१९ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरीदका लागि ईच्छुक लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको नागपोखरी नक्साल, काठमाडौंस्थित कार्यालयमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ । शिलबन्दी खाम बाहिर आवेदनकर्ताले कुमारी बैंक लिमिटेडको संस्थापक शेयर खरीद आवेदनसमेत उल्लेख गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS