Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले निबन्ध प्रतियोगिता गर्दै , विजेताले १० हजार पुरस्कार पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले निबन्ध प्रतियोगिता गर्ने भएको छ। विश्व वित्तीय सप्ताहको अवसरमा राष्ट्र बैंकले निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा ग्लोबल मनी विक मनाइने अभियान हो । यो सप्ताह हरेक बर्ष मार्च २० देखि २६ सम्म मनाईन्छ ।

नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले Plan your Monev, Plant your Future’ विषयमा निबन्ध प्रतियोगिता गर्ने भएको हो । कास्की जिल्ला भित्रका १०+२ तहमा अध्ययनरत ईच्छुक विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागि हुन सक्ने छन्। प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार पुरस्कार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद ७ हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

Prabhu
Crest

निबन्ध बढीमा १५०० शब्दको हुनुपर्नेछ, निबन्ध लेख्ने विद्यार्थीको नाम थर, विद्यालय र कक्षा स्पष्ट लेखिएको हुनुपर्नेछ, निबन्ध विद्यार्थीको हस्तलिखित हुनुपर्नेछ र सम्बन्धित विद्यालयको छाप लगाई प्रमाणित गरी स्क्यान गरी पठाउनु पर्नेछ, निबन्ध अँग्रेजी वा नेपाली मध्ये कुनै एक भाषामा हुनुपर्नेछ, प्रत्येक विद्यालयबाट बढीमा १ जना छात्रा र १ जना छात्रको सहभागिता हुनुपर्नेछ, निबन्ध मिति २०७९/१२/६ गते साँझ ५ बजेसम्म यस कार्यालयको ईमेल ठेगाना pkrnrb [email protected] मा आई पुग्नेगरी पठाउनु पर्नेछ । प्राप्त निबन्धहरु मूल्याङ्कन समितिबाट मूल्याङ्कन गरी नतिजा प्रकाशन गरिने जनाएको छ ।

Nibandha

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS