काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले २३ हजार १ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागेको हो ।
यस शेयर खरीद गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा पेश गर्नुपर्नेछ ।