काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान आइपीओ बाँडफाँड गरेको हो ।
आइपीओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको छ । आइपीओमा परेको योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको छ ।
उक्त आइपीओमा माग भन्दा बढी आवेदन परेकोले योग्य रहेका १५ लाख ३६ हजार २ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर आइपीओ बाँडफाँड गरिएको छ । जसमा १६ हजार ९ सय ७६ जनाले मात्र शेयर पाएका छन् । शेयर पाएका १६ हजार ९ सय ७६ जनामध्ये भाग्यमानी ५ जनाले ११ कित्ता पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आइपीओ निष्काशन गरेको थियो। कम्पनीले ३ हजार १ सय १७ कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याई, १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरि , १ लाख ६९ हजार ५५ कित्ता शेयरको लागि आम सर्बसाधारणको लागि निष्काशन गरेको थियो।