काठमाण्डाै । पूँजी बजार र ऋण पत्रमा गरिएकाे लगानी डुबेपछि ३५ वर्ष लामाे इतिहास बाेकेकाे अमेरिकी बैंक, सिलिकन भ्याली बैंक(SVB) दिवालिया घाेषणा गरिएकाे छ । बैंक वित्तीय संकटमा रहेकाे हल्ला फैलिएसँगै यसकाे सबै निक्षेपकर्ताले एकै समयमा आफ्नाे सबै निक्षेप रकम फिर्ता माग्न थालेलगत्तै तरलता अभावमा याे बैंक वित्तीय संकटमा धकेलिएकाे थियाे ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी राेयटर्सका अनुसार बैंकले विशेषगरी स्टार्ट अप र प्रविधिमूलक कम्पनीलाई ऋण लगानी गरेकाे थियाे। बढ्दाे ब्याज दरका कारण ती कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेर पूँजी जुटाउन नसकेपछि बैंककाे ऋण सुविधा उपभाेगमा दबाब बढाएका थिए ।
बैंकका केही ग्राहकहरूले पिटर थियेलको भविष्य कोष जस्ता उद्यम पूँजी फर्मको सल्लाहमा बैंकबाट आफ्नो निक्षेप झिकेकाे थियाे। रोयटर्सका अनुसार यसले जनरल एट्लान्टिक जस्ता लगानीकर्तामा त्रास पैदा गरायाे ।
सिलिकन भ्याली बैंकले बुधबार २१ अर्ब डलरकाे ऋण पत्र बिक्री गरेकाे थियाे । ऋणपत्रले याे कम्पनीलाई औसत १.७९ प्रतिशत प्रतिफल दिइरहेको थियो, जुन हालको १० वर्षे ऋणपत्रकाे उपज लगभग ३.९ प्रतिशत भन्दा थाेरै हाे। यसले बैंकलाई १ अर्ब ८० कराेड अमेरिकी डलर घाटा व्यहाेर्न बाध्य बनायाे । याे घाटा पूर्तीका लागी पूँजी वृद्धि गर्न आवश्यक थियो। बैंकले बिहीबार २ अर्ब २५ कराेड अमेरिकी डलरकाे साधारण शेयर र अग्राधिकार शेयर बिक्री गरेर रकम जुटाउने घाेषणा गरेकाे थियाे। ब्याजदरमा भएको बृद्धिले ऋणपत्र जस्ता कम उपज दिने सम्पत्तिको मूल्य निकै कम भएको छ। जसले गर्दा बैंकले छिट्टै रकम जुटाउन आवश्यक पर्दा समस्या भयो ।
बैंकबाट निक्षेप बाहिरिएकाे हल्ला परालकाे आगाे झैं फैलिएपछि यसको प्राथमिक शेयरकाे बजार मूल्य एकैदिनमा ६० प्रतिशत तल सम्म झरेकाे थियाे । निक्षेपकर्ताले धमाधम रकम झिक्न थालिसकेका कारण यसलाई अझ बढी पूँजी बढाउन दबाब दिन सक्छ भन्ने भयका कारण पूँजी लगानीकर्ताहरू शेयर खरिद गर्न इच्छुक देखिएका थिएनन् ।
उच्च ब्याज दरका कारण सर्वसाधारणहरू प्राथमिक शेयर निष्काशनमा लगानी गर्न अनिच्छुक देखिएपछि धेरै स्टार्टअपहरूले सिलिकन भ्याली बैंक जस्ता बैंककाे ऋणकाे भर पर्न बाध्य बनायाे । महँगी बढेका कारण निक्षेपकर्ताले आफ्नो तरलता आवश्यकता पुरा गर्न बैंकबाट निक्षेप फिर्ता लिन थाले। यो सिलिकन भ्याली बैंकले यस हप्ता आफ्ना ग्राहकहरूको निक्षेप भुक्तानी गर्ने तरिकाहरू खोज्दै समापन गर्यो।
बचतकर्ताकाे निक्षेप के हुन्छः
बैंकले शुक्रबार कम्पनीको बिक्री मार्फत वैकल्पिक कोष खोज्न खोज्ने प्रयास गर्दा गर्दै फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (FDIC) ले बैंक खारेज गरिएकाे घोषणा गरिदियाे । बैंक डुबे पनि प्रति ग्राहक २ लाख ५० हजार अमेरिकी डलर बीमा मार्फत् सुनिश्चित गरेकाले याे सीमा सम्मकाे निक्षेप फिर्ता पाउनेछन् । यसबाहेक बैंककाे सम्पत्ति बिक्रीवापत प्राप्त हुने रकमबाट समेत निक्षेपकर्ताकाे दायीत्व पुरा गर्नेछ ।
नेपालमा निक्षेप तथा कर्जा सुरक्षण काेषमार्फत् निक्षेपकर्ताकाे ५ लाख रूपैयाँ सुरक्षित गरिएकाे छ। बैंक वा वित्तीय संस्था डुबे पनि निक्षेपकर्ताले आफ्नाे खातामा जम्मा गरेकाे रकममध्ये कम्तीमा ५ लाख रुपैयाँ फिर्ता पाउने छन् । त्यसैले एउटै बैंकमा धेरै रकम जम्मा गर्नुकाे साटाे फरक फरक बैंकमा ५-५ लाख रुपैयाँकाे दरले मुद्दती निक्षेप राख्दा जाेखिम हुँदैन ।
अमेरिकामा बैंक डुब्ने क्रम निरन्तरः
अमेरिकामा बैंक तथा वित्तीय संस्थाहरू डुब्ने क्रम निरन्तर जारी रहँदै आएकाे छ । सन् २०२० मा चार वटा बैंक डुबेकाे थियाे। यसैगरी सन् २०१० मा सर्वाधिक १५७ वटा बैंक डुबेकाे थियाे । त्यसकाे अघिल्लाे वर्ष सन् २००९ मा १४० वटा बैंक डुबेकाे घाेषणा गरिएकाे थियाे । २००९ देखि २०२३ सम्म आइपुग्दा अमेरिकामा सन् २०१८, २०२१ र २०२२ बाहेक सबै वर्षहरुमा न्यूनत्तम ४ वटा बैंक डुबेका छन् ।