काठमाडौं । सर्वोत्तम स्टिल लिमिटेडले आइपीओ निष्काशन तथा विक्री गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीआ विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गर्ने जनाएको छ । यससँगै कम्पनीले आज क्यापीटलसँग सम्झौता गरेको छ ।
कम्पनीले सर्वसाधारणमा जारी पूँजी मध्ये १२.६६३ प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।
सौरभ गु्रप द्धारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।