काठमाडौं । उन्नति सहकार्य लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि लाभांश वितरण नगर्ने कम्पनीले नेप्सेमार्फत एक सुचना जारी गर्दै जनाएको छ ।
कम्पनीको उक्त बैठकले वित्तीय संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गर्दै सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको समेत जनाएको छ ।
1678422413368