Connect IPS
IME Life

नेप्सेमा चार कम्पनीको शेयर मुल्य समायोजन, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले चार कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले साना किासान विकास लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक र आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । यी चार कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । अब फागुन २५ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

नेप्सेले साना किसान विकास लघुवित्तको बिहीवार अन्तिम कायम शेयर मूल्य १ हजार ११९ रुपैयाँको आधारमा २६ प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरी ८८८ रुपैयाँ १० पैसा तोकेको छ ।

Prabhu
Crest

त्यस्तै साल्ट ट्रेडिङको अन्तिम कायम शेयर मूल्य ४ हजार ३३५ रुपैयाँको आधारमा १० प्रतिशत बोनश शेयर पछिको मूल्य ३ हजार ९४० रुपैयाँ ९१ पैसा तोकिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको बिहीवार कायम अन्तिम शेयर मूल्य ३३८ रुपैयाँको आधारमा ८ दशमलव ५३४ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरी ३११ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

त्यसैगरी नेप्सेले आशा लघुवित्तको बिहीवार कायम अन्तिम शेयर मूल्य ८६० रुपैयाँको आधारमा १४ दशमलव २८ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरी ७५२ रुपैयाँ ५० पैसा तोकेको छ ।

यस् चार कम्पनीको यही समायोजन भएको मूल्यको आधारमा आइतवार कारोबारमा आउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS