काठमाडौं । नबिल बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ३ लाख कित्ता संस्थापक शेयर फागुन १० गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । ईच्छुक आवेदकले आज बिहीवार ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
आवेदकले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । फागुन २५ गते सम्म प्राप्त गोप्य शिलबन्दी फागुन २८ गते विहान ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने तय भइसकेको छ ।
शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।