काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज फागुन २५ गते वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे शुरू गर्नेछ ।
उक्त सभामा कम्पनीले हाल कायम रहेको चुक्त पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबर हुन आउने ५ प्रतिशत लाभाशं वितरण गर्ने भएको छ । जसमध्ये ४.७५ प्रतिशत बोनश तथा ०.२५ प्रतिशत गद लाभांश वितरण गर्ने भएको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपरछलफलका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।